सिटी होटेलले विदेशमा रहेका श्रमिक र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै, कसको कहिले ?

काठमाडौं । सिटी होटेल लिमिटेडले विदेशमा रहेका श्रमिक र सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई चैत्र २१ गतेदेखि र सर्वसाधारणलाई वैशाख २५ गतेदेखि आईपीओ निष्कासन गर्ने लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो । त्यस्तै ८३ हजार ७ सय कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ भने कम्पनीका कर्मचारीलाई ६६ हजार ९ सय ६० कित्ता सेयर छुट्याईएको छ । बाँकी रहेको १३ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

दुवै निष्कासनमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, सर्वसाधारण लगानीकर्ताले भने २०८० वैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० जेठ ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

यसरी कम्पनीले कुल १६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । हाल कम्पनीको जारी पुँजी १ अर्ब ६७ करोड रहेको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो शेयरबाट कम्पनीको सेयर खरिद गर्न सकिनेछ ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले गतवर्षको कार्तिक १५ बाट सोल्टिमोड, काठमाडौंमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्यान ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ । १५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्यांक्वेट हल, जिम, स्विमिङ्ग पुल र ४०० जना सम्मको क्षमता भएको कन्फरेन्स हल लगायतका सुविधाहरु रहेका छन्।

अमेरिकामा रहेको ह्यात होटेल कर्पोरेशनको चेन ब्राण्डको रुपमा विश्वका विभिन्न देशहरुमा १,००० ओटा भन्दा बढि अन्तराष्ट्रिय स्तरको ह्यात होटलहरु स्थापना भइ सञ्चालन भइरहेका छन् । सोहि अन्तराष्ट्रिय ब्राण्डको रुपमा ह्यात प्लेस सोल्टिमोडमा पाँच तारे होटलको रुपमा सञ्चालनमा आएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स