सगरमाथा जलविद्युतको आईपीओमा अन्तिम दिन सम्म कति पर्यो आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिन सम्मा ४.४८ गुणा बढी आवेदन परेको छ ।

आइतबार साँझ ५ः११ बजेसम्ममा १४ लाख ३३ हजार ७१७ आवेदकबाट १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको ३५ लाख ८१ हजार ७६० कित्ता सेयरको ४.४८ गुणा बढी हो ।

कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जस अनुसार योग्य आवेदक मध्ये ३ लाख ५८ हजार १७५ जनाले मात्रै सेयर पाउनेछन् ।

कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि चैत १२ गतेसम्म आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ।

सोमध्ये, बाँकी रहेको ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स