घट्दो बजारमा पनि बढी सेयर कारोबार गर्ने ‘टप टेन’ कम्पनी

काठमाडौं । आज साताको पहिलो दिन सेयर बजारमा ठूलो पहिरो आएर १९ सयको विन्दुमा ओर्लिएको छ । आइतबार आज २६.८५ अंकले घटेर सेयर बजार १८८८.२९ अंकमा झरेको हो । बजार घटेपनि १ अर्ब २८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज आइतबार सबैभन्दा धेरै सेयर कारोबार नाशा सेक्युरिटिज्ले गरेको छ । कम्पनीले १२ करोडको सेयर बिक्री गरेर ६ करोड खरिद गरेको हो । आज कम्पनीको कुल कारोबार १८ करोड ९५ लाख रुपैयाँ नाघेको छ । बढी सेयर कारोबार गर्ने दोस्रो नम्बरमा भिजन सेक्युरिटी रहेको छ । भिजन सेक्युरिटीज् आज कसल १२ करोडको कारोबार गर्दा ६ करोड ७८ लाख किनेर ५ करोड ७२ लाख सेयर बिक्री गरेको छ ।

तेस्रो नम्बरमा परेको इम्पेरियल सेक्युरिटीको आजको कारोबार १० करोड रुपैयाँ रहेको छ । सो कम्पनीले ५ करोड ७५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ४ करोड ८३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।

एबीसी सेक्युरिटीले आज ९ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार गर्दा ५ करोड ३५ लाख रुपैयाँ सेयर बिक्री गरेर ४ करोड ४४ लाख रुपैयाँको सेयर खरिद गरेर ५ करोड ३५ लाख रुपैयाँको सेयर बिक्री भएको छ । आज आइतबार श्रीकृष्ण सेक्युरिटीले ९ करोड ६० लाख रुपैयाँको सेयर कारोबार गरेको छ भने अनलाइन सेक्युरिटिले ९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

डाइनामिक मनि म्यानेजर सेक्युरिटिजले आज दिनभर ८ करोड ५३ लाख रुपैयाँको कारोबार गरेको छ भने कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज्ले ८ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । दिपशिखा सेक्युरिटिज्ले ७ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार गर्दा सानी सेक्युरिटिज्ले ६ करोड ६२ लाख रुपैयाँको सेयर कारोबार गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स