यस्ता छन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक २६.८७ अंकले घटेर १८८८.२७ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ५४ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ७ करोड ९५ लाख, नेष्डो समृद्विको ७ करोड ९५ हजार, नबिल बैंकको ३ करोड ४७ लाख र शिवम् सिमेन्ट्सको २ करोड ४५ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स