एनआईसी एशिया बैंकको आज एकै दिन भयो पौने २२ करोडको सेयर कारोबार, कस्ले बच्यो ?

काठमाडौं । आज एनआईसी एशिया बैंकको ठूलो मात्रामा सेयर कारोबार भएको छ । आजै बिहीबार अर्थात साताको कारोबारको अन्तिम दिन आज उक्त बैंकको ३ लाख १४ हजार ५२४ कित्ता बराबरको २१ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।

आज बिहान बजार खुल्दा ७२९ रुपैयाँमा कारोबार भएको सेयर बजार बन्द हुँदा घटेर ६८६ रुपैयाँमा झरेको छ । आज दिनभरको कारोबारबाट एनआईसी एशिया बैंकको ३७ रुपैयाँ घटेर कारोबार भएको हो ।

आज दिउँसो एनआईसी एशियाको प्रति कित्ता सेयर मूल्य ६६६.५० पैसासम्म ओर्लिएको थियो । यद्यपि फेरि बजार माथि उक्लेर ६८६ रुपैयाँमा बन्द भएको हो । विभिन्न ब्रोकर कम्पनीबाट यो सेयर कारोबार भएको देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स