दुई हाईड्रोपावरमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ४० हजारको कित्ता सेयर १ अर्ब ४१ करोड ३१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माया खोलाको हाईड्रोपावरमा १० प्रतिशत र एशियन हाईड्रोपावरमा ९.९७ प्रतिशतको सकारात्मक सर्किट लागेको छ।

सिद्धार्थ बैंकको ८.३४%, बोर्टलर्स नेपाल (तराई)को ५.२१% र लिवर्टी इनर्जीको ४.२६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिक नेपाल लघुवित्तको ७.४६%, सिर्जनशील लघुवित्तको ६.८३%, खप्पड लघुवित्तको ६.०२%, शुुभम पावरको ५.७४% र एनआइसी एशिया बैंकको ५.१२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स