एनआईसी एसिया बैंक सहित यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री गर्ने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ अंक विन्दुमा आइपुगेको छ ।

आज ४३ लाख ४० हजारको कित्ता सेयर १ अर्ब ४१ करोड ३१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७९ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१करोड ७४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सिद्धार्थ बैंकको ८ करोड ३५ लाख, हिमालयन डेष्टिलरीको ४ करोड ४५ लाख, नबिल बैंकको ३ करोड ८४ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ७१ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स