मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले चैत ९ गते कम्पनीको सेयर बाँडफाँट गरेको हो । कम्पनीले स्थानियवसी तथा बैदेशिक रोजगारीमा गएका ब्यक्तिहरुलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँट गरेको हो ।

कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाउँपालिकाका स्थानीयलाई ७ लाख ६० हजार कित्ता र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीलाई १ लाख ५२ हजार कित्ता आईपीओ जारी गरेको थियो।

स्थानीयको हकमा १० कित्तादेखि ९ हजार ९९० कित्तासम्म आवेदन दिने आवेदकलाई मागबमोजिम, ३ हजार ५१४ आवेदकलार्ई जम्मा ६ लाख ७८ हजार ६०० कित्ता सेयर र विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १५ हजार ४१ आवेदकहरुलाई १० कित्ता र २० कित्तादेखि २ हजार १० कित्तासम्म आवेदन दिने १२ हजार ११७ जनामध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १ लाख ५२ हजार कित्ता सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।

बाँडफाँटको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स