नेप्सेमा एशियन हाइड्रोपावर र कालिन्चोक दर्शनको सेयर कारोबार सुचारु, कुन मूल्यमा भयो पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर कारोबार सुचारु भएको छ । बिहिबार नेप्सेको स्पेसल प्रि ओपनमा सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको कारोबार सुचारु भएको हो ।

एशियन हाइड्रोपावर लिमिटेडको पहिलो कारोबार २९८ रुपैयाँमा भएको छ भने कालिन्चोक दर्शन लिमिटेडको पहिलो कारोबार १३४.४ रुपैयाँमा भएको छ।

बुधबार दुवै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, एशियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज न्यूनतम ९९.६० रुपैयाँ देखि २९८.८० रुपैयाँ सम्मको रेन्ज तोकेको थियो । कम्पनीको ‘AHL’ सिम्बलबाट कारोबार भएको छ ।

त्यस्तै, कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता सेयर सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७८.१५ रुपैयाँ देखि २३४.४५ रुपैयाँ सम्मको रेन्ज तोकेको छ ।
कम्पनीको ‘KDL’ सिम्बलबाट कारोबार भएको छ।

यस रेन्ज बीचको जुनसुकै मूल्यबाट यी दुवै कम्पनीको पहिलो कारोबार हुनसक्ने व्यवस्था थियो। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स