काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल कम्पनीको आईपीओ चैत ७ गते बाँडफाँट गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरेको हो ।
कम्पनीले फागुन १० गतेदेखि फागुन २५ गतेसम्म १ करोड ८ लाख ५१ हजार ७ सय रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/ र सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट संचालित वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।
साथै सम्पूर्ण सि-आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको छ।