सगरमाथा जलविद्युतको आईपीओमा पहिलो दिनमा कति पर्यो आवेदन ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन ३ लाख बढी आवेदन परेको छ।

आज साँझ ५ः१० बजेसम्ममा कम्पनीको आईपीओमा ३ लाख १ हजार ८३६ आवेदन परेको छ। ती आवेदनबाट ३४ लाख ३६ हजार १४० कित्ता सेयर माग भएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि चैत ८ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो। जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर विदेशमा रहेका नेपाली श्रमिकका लागि बिक्री गरिसकेको छ।

सोमध्ये, बाँकी रहेको ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओ निष्कासन बन्द छिटोमा चैत १२ गते र ढिलोमा चैत २२ गते बैंकिङ समयपछि हुनेछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट र मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स