युनाइटेड हाइड्रोपावरको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता २७१ रुपैयाँका आधारमा नेप्सेले ७ प्रतिशत बोनस वितरणपछिको सेयरमूल्य प्रतिकित्ता २५३.२७ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलि बिहीबारबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स