नेपाल लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख ७७ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड ३७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ८ करोड २४ लाख, हिमालयन डेष्टिलरीको ४ करोड ५० लाख, नबिल बैंकको ३ करोड ६३ लाख र शिवम् सिमेन्ट्सको ३ करोड ५५ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स