सानिमा माई हाइड्रोपावरले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले यसका लागि साधारण सभा समेत बोलाएको छ ।

कम्पनीले कात्तिक ११ गतेका लागि साधारण सभा बोलाएको हो । कम्पनीले विशेष प्रस्तावमा सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गरेको छ ।

लाभांश वितरण गरेपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स