नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ। बुधबार एशियन हाइड्रोपावर लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, एशियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको सेयरलाई ओपनिङ रेन्ज न्यूनतम ९९.६० रुपैयाँ देखि २९८.८० रुपैयाँ सम्मको रेन्ज तोकेको छ । कम्पनीको ‘AHL’ सिम्बलबाट कारोबार हुने छ ।

त्यस्तै, कालिन्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ७८.१५ रुपैयाँ देखि २३४.४५ रुपैयाँ सम्मको रेन्ज तोकेको छ ।
कम्पनीको ‘KDL’ सिम्बलबाट कारोबार हुने छ।

यस रेन्ज बीचको जुनसुकै मूल्यबाट यी दुवै कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

योसँगै, बिहीबारको स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको सेयर कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स