सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ८ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बुधबार बिहान बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । तर ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ ।

आईपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । जस अनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले सेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।

आईपीओको नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट हेर्न सकिने छ।

१. बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता सेयर निष्कासन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्कासन गरि बाँडफाँट गरि सकेको छ ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमति लागत १३ अर्ब ३३ करोड रहेको छ । आगामी २०८० भदौ २६ गतेसम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स