दोल्ती पावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुस् नतिजा

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निमित्त निष्काशन गरेको आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात् १० लाख ७२ हजार ९७२ कित्ता सेयरको १० प्रतिशत सेयर अर्थात् १ लाख ७ हजार २९८ कित्ता सेयर निष्काशन गरेकोमा उक्त सेयर बाँडफाँट गरेको हो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडको वेबसाइट https://www.nicasiacapital.com/  र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ ।

साथै सम्पूर्ण सि-आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स