नेप्से २२ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख ५५ हजारको कित्ता सेयर १ अर्ब २९ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आइएमई जनरल इन्स्योरेन्सको ७ करोड ६३ लाख सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ६३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ६ करोड १९ लाख, सिटिजन्स् बैंक प्रमोटर सेयरको ५ करोड ८५ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १३ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ४२ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स