नेप्सेमा दुई हाइड्रोपावरको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई हाइड्रोपावरको सेयर सूचीकृत भएको छ । सोमबार मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेड र सुपरमाई हाइड्रोपावर लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

मायाखोलाको १०० अंकित दरका कुल १ करोड कित्ता सूचीकृत भएको हो। जसमा संस्थापक समूहको ६६ लाख कित्ता, स्थानीयको १० लाख कित्ता र २४ लाख कित्ता सर्वसाधारणको रहेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतममा ८८.५३ रुपैयाँ र अधिकतम २६५.५९ रुपैयाँ सम्मको रेन्ज तोकेको छ। कम्पनीको आईपीओ ‘एमकेएचसी’ सिम्बोलबाट सूचीकृत भएको हो ।

त्यस्तै, सुपरमाई हाइड्रोपावरको १०० अंकित दरका कुल ५० लाख कित्ता सेयर सूचीकृत भएको हो। जसमा संस्थापकको ४० लाख कित्ता, स्थानीयको ५ लाख कित्ता र सर्वसाधारणको ५ लाख कित्ता रहेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका प्रतिकित्ता न्यूनतममा १३०.७६ रुपैयाँ र अधिकतममा ३९२.२८ रुपैयाँ सम्मको रेन्ज तोकेको छ। कम्पनीको आईपीओ ‘एसएमएच’ सिम्बोलबाट सूचीकृत भएको हो ।

अब यस रेन्ज बीचको जुनसुकै मूल्यबाट दुवै कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

भोलि मंगलबार घोडे जात्राको बिदा परेकोले यी कम्पनीको सेयर पर्सि बुधबारबाट आउने छ।

अब बुधबारको स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा दुवै कम्पनीको सेयर कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स