३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अन्य कुन कम्पनीले कति कमाए ?

काठमाडौं । आइतबार, नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६.४० अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ६३ हजारको कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, मानुसी लघुवित्त, युनिक नेपाल र शुभम पावरको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, ग्रिन भेन्चरमा ७.१८%, एनआइबिएलमा ४.१७%, खप्तड लघुवित्तमा ४.०१%, ग्लोबल आइएमई ब्यालेन्स फण्डमा ३.२१%, नेपाल हाइड्रो डेभलपरमा २.४९%, ग्रामीण विकास लघुवित्तमा २.३३% र हिमालयन हाइड्रोपावरमा २.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स