नेप्सेमा एक वाणिज्य बैंकसहित दुई कम्पनीको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक वाणिज्य बैंकसहित दुई कम्पनीको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार सिद्धार्थ बैंक र विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कुल १ करोड ६१ लाख ५५ हजार ५३३.५४ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, सिद्धार्थ बैंकको १२.५ प्रतिशत दरका कुल १ करोड ५६ लाख ५५ हजार ५३३.५४ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, विन्ध्यावासिनी हाइड्रोपावरको ५ प्रतिशत दरका कुल ५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स