नेप्सेमा दुई कम्पनीको कुल ७५ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार प्राइम कमर्सियल बैंक र गुराँस लघुवित्तको कुल ७५ लाख कित्ताबढी बोनस सेयर नेप्सेमा सूचीकुत भएको हो ।

जसअनुसार, प्राइम कमर्सियल बैंकको ४ प्रतिशत दरका ७४ लाख ६२ हजार ५ सय २९.१२ कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै, गुराँस लघुवित्तको ४ प्रतिशत दरका ३९ हजार कित्ताबढी सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स