दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अन्य कुनले कति कमाए र गुमाए

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख २ हजारको कित्ता सेयर १ अर्ब १४ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनिक नेपाल लघुवित्त र शुभम पावरको सेयरमा १० प्रतिशतको सर्किट लागेको छ ।

लिबर्टी इनर्जीमा ४.९८% , किसान लघुवित्तमा ४.९३%, विन नेपाल लघुवित्तमा ४.२५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, लक्ष्मी लघुवित्तको ५.७६%, नयाँ सारथी लघुवित्तको ४.८०%, प्रभु लाइफ इन्स्योरेन्सको ४.७४%, ग्रिन डेभलपमेन्ट बैंकको ४.६८% र सानिमा ग्रोथको ४.२० प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स