यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि नेप्सेमा गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३४ लाख २ हजारको कित्ता सेयर १ अर्ब १४ करोड १४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४ करोड ९४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ९६ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ८३ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ३० लाख, सिद्धार्थ बैंक प्रमोटर सेयरको २ करोड ५६ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स