बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट हुने मिति तय

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले कम्पनीको आईपीओ शुक्रबार बिहान ११ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरेको थियो ।

लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्कासन गरेको थियो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् ।

कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स