दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख १६ हजारको कित्ता सेयर १ अर्ब २० करोड २१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमा ९.९९ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

विन्धवासिनी हाइड्रोपावरको ६.४२% , रुरु जलविधुत्को ५.७३%, मनकामना स्मार्ट लघुवित्तको ५.७१ प्रतितशले सेयर मूल्य बढेको छ ।

त्यस्तै, किसान लघुवित्तको ५.९०%, बाराही हाइड्रोपावरको ५.२२%, स्वरोजगार लघुवित्तको ३.९८%, फस्ट माइक्रोफाइनान्स लघुवित्तको ३.९१%, ग्लोबल आइएमई लघुवित्तको ३.४९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स