एनआईसी एसिया बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन नेप्सेमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक १४.४४ अंकले घटेर १९३८.६२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख १६ हजारको कित्ता सेयर १ अर्ब २० करोड २१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसिया बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ३५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ७ करोड १६ लाख, नबिल बैंकको ४ करोड २९ लाख, शिवम् सिमेन्ट्सको ४ करोड १ लाख र हिमालयन डेष्टिलरीको ३ करोड ९७ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स