दुई कम्पनीमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् आज कमाउने र गुमाउने कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख १८ हजारको कित्ता सेयर १ अर्ब १३ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनिक नेपालको सेयरमा १० प्रतिशत र शुभम् पावरको सेयरमा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ । सुपर मोदीमा ९.३२%, विन्धवासिनी हाईड्रोपावरमा ७.२९%, खप्तड लघुवित्तमा ५.२७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, एनआईसी एसिया ब्यालेन्स फण्डको ५.६४%, सपोर्ट माइक्रोफाइनान्सको ३.९२%, कुषि विकास बैंकको ३.९०%, स्वाभिमान लघुवित्तको ३.५८% र मनकामना लघुवित्तको ३.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स