नेप्से सामान्य अंकले बढ्दा यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्से सामान्य अंकले बढेको छ ।

मंगलबार, नेप्से परिसूचक १.८५ अंकले बढेर १९५३.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख १८ हजारको कित्ता सेयर १ अर्ब १३ करोड ५९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १२६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसियाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ४८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ३ करोड ४८ लाख, शिवम् सिमेन्ट्सको ३ करोड १६ लाख, हिमालयन डेष्टिलरीको २ करोड ७७ लाख र हिमालयन बैंकको २ करोड ६१ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स