रावा इनर्जी डेभलपमेन्टले पायो ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले कम्पनीलाई ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि अनुमति प्रदान गरेको हो।

बोर्डको अनुमति पाएसँगै अब कम्पनीले १०० अंकित दरका कुल ८ लाख ४० हजार कित्ता आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गर्ने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकास्थित रावा खोलामा ३ मेगावाटको माथिल्लो रावाखोला साना जलविद्युत आयोजना संचालन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स