काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
कम्पनीले ६ लाख कित्ता बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा कालिञ्चोक हाइड्रोपावरका अध्यक्ष इन्दिरा पन्त र आरबीबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
कम्पनीको दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं. ८ मा ५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ।