शुभम पावरको सेयरमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सोमबार, नेप्से परिसूचक २६.६८ अंकले घटेर १९५१.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ६९ हजारको कित्ता सेयर १ अर्ब १६ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शुभम पावरको सेयरमा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

युनिलिभर नेपाल लघुवित्तको ४.०३%, ग्रिन भेन्चर लिमिटेडको ३.८६%, श्वेत गंगा हाइड्रोपावरको २.०४% र प्राइम बैंक डिभेन्चरको २.०१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, खप्तड लघुवित्तको ७.६२%, आदर्श लघुवित्तको ५.४१%, हिमालय बैंक लिमिटेडको ५.२८%, नाडेप लघुवित्तको ५.२५%, विन नेपाल लघुवित्तको ४.६५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स