यस्ता छन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन पनि नेप्सेमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २६.६८ अंकले घटेर १९५१.२१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख ६९ हजारको कित्ता सेयर १ अर्ब १६ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआईसी एसियाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड २४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ६८ लाख, अरुण भ्यालीको ५ करोड ५ लाख, हिमालयन डेष्टिलरीको ४ करोड १९ लाख, नबिल बैंकको ३ करोड ५१ लाख रूपैयाँमाथिको कारोबार भएको छ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स