काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले फागुन २१ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं.२ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगर पालिकाको वडा नं. १९ को केहि भागमा रहने छ ।
योसँगै, सेबोनले अनुमति प्रदान गरेमा कम्पनीले उक्त सेयर निष्कासन गर्ने छ ।