सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओमा २.१८ गुणाबढी आवेदन

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओमा २.१८ गुणाबढी आवेदन परेको छ ।

आइतबार साँझ ५ः११ बजेसम्ममा ७ लाख ८२ हजार २२९ जना आवेदकबाट ९३ करोड १७ लाख ६७ हजार रुपैयाँ बराबरको ९३ लाख १७ हजार ६७० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता सेयरको २.१८ गुणा बढी हो ।

कम्पनीले फागुन २६ गतेदेखि आईपीओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजीको ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशत अर्थात ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५ प्रतिशत अर्थात २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ४२ लाख ४८ हजार ९८३ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

सो सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले फागुन ३० गते सम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स