काठमाडौं । साताको पहिलो दिन नेप्सेमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २६.८० अंकले घटेर १९७५.८९ अंक विन्दुमा आइपुगेको छ ।
आज ४७ लाख ७२ हजारको कित्ता सेयर १ अर्ब ६६ करोड ६९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८६ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड २१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन डेष्टिलरीको ५ करोड ७५ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ४ करोड ३४ लाख, निफ्राको ४ करोड ११ लाख र न्याङदी ग्रुपको ३ करोड ४९ लाख माथिको कारोबार भएको छ ।