काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल १५ लाख ३८ हजार ४ सय ६६ जनाले १ करोड ६८ लाख १३ लाख १ सय ८० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये २ हजार २ सय ३ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १५ लाख ३६ हजार २ सय ६३ जना कायम रहेको क्यापिटलले जनाएको छ ।
माग भन्दा बढिको आवेदन परेकोले योग्य रहेका १५ लाख ३६ हजार २ सय ६३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । जसमा १६ हजार ९ सय ७६ जनाले मात्र सेयर पाएका छन् । सेयर पाएका १६ हजार ९ सय ७६ जना मध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन् ।
नतिजा प्रकाशन भएपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ।
१.बिक्रि प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याई, १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरि , १ लाख ६९ हजार ५५ कित्ता सेयरको लागि आम सर्वसाधारणको लागि निष्काशन गरेको थियो।
आत्मनिर्भर लघुवित्तको केन्द्रीय कार्यालय दाङको घोराहीमा रहेको छ।