नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले राख्यो करिब २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरूको सेयर बिक्रीमा राखेको हो । तत्कालीन मेगा बैंक र नेपाल इन्भेष्टमेन्टको गरी कुल २ लाख ७७६ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकले विद्यमान संस्थापक सेयरधनी रत्न बहादुर थापाको नाममा रहेको २७ हजार ६८९ कित्ता, जगदिश लाल बैद्यको १३ हजार १९८ कित्ता र शान्ता कुमारी पोखरेलको १३ हजार ८४६ कित्ता गरी कुल ५४ हजार ७३३ कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।

बैंकले रत्न बहादुर थापाको नाममा रहेको सेयर सिता थापाले खरिद गर्ने भएकी छिन् । यस्तै, जगदिश लाल बैद्यको नाममा रहेको सेयर निरज लाल बैद्य र सरोज बैद्यले समान ६ हजार ५९९ कित्ता सेयर खरिद गर्ने भएका हुन् । यस्तै, शान्ता कुमारी पोखरेलको नाममा रहेको सेयर जगदिशचन्द्र पोखरेलले खरिद गर्ने बैंकले जनाएको छ ।

यस्तै, तत्कालिन मेगा बैंकका संस्थापक सेयरधनीहरूको नाममा रहेको १ लाख ४६ हजार ४३ कित्ता सेयर पनि बिक्रीमा राखेको छ । बैंकको उक्त सेयरमा संस्थापक सेयरधनी वा अन्य जो कोही व्यक्ति तथा संघ संस्थाले पनि खरिद गर्न पाउनेछन् । यसअघि बैंकले संस्थापक सेयरधनीहरुलाई बिक्रीमा राखेको भएपनि आवेदन नपरेपछि सर्वसाधारण लगानीकर्ताले ७ दिन भित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनी बुधराज भुजेलको नाममा रहेको १६ हजार ९३१ कित्ता, रोशन श्रेष्ठको १३ हजार ६३० कित्ता, हरिहर उप्रेतीको ५ हजार कित्ता, परशुराम रिजालको ३६ हजार ५० कित्ता, चिज कुमारी गुरूङको २ हजार ५९७ कित्ता, हरि प्रसाद अर्यालको ४२ हजार २५० सय कित्ता र गणेश कार्कीको २९ हजार ५८५ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर भने सेयर खरिद गर्न चाहने व्यक्ति तथा संस्थाले खरिद गर्न सक्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स