आत्मनिर्भर लघुवित्तको आईपीओ बाँडफाँट हुने मिति तय, भाग्यमानी ५ जनाले ११ कित्ता सेयर पाउने

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलले कम्पनीको आईपीओ आइतबार फागुन २८ गते बाँडफाँट हुने जनाएको हो । क्यापिटलले मिति तय भए पनि समय भने तय हुन बाँकी रहेको जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट बाँडफाँट हुने छ। जसमा भाग्यमानी १६ हजार ९७५ आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन् भने ५ जनाले थप १–१का दरले सेयर पाउनेछन्।

कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो। लघुवित्तले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो ।

सोमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिएका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स