नेप्सेमा उछाल आउँदा यस्ता छन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा उछाल आएको छ ।

बिहीबार, नेप्से परिसूचक ५०.०४ अंकले बढेर २००२.७० अंक विन्दुमा आइपुगेको छ ।

आज ४५ लाख ६६ हजारको कित्ता सेयर १ अर्ब ५६ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ८५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डेष्टिलरीको ५ करोड ७३ लाख, अरुण काबेली पावरको ४ करोड ७६ लाख, नबिल बैंकको ३ करोड ५७ लाख र शिव श्री हाइड्रोपावरको ३ करोड ४० लाख माथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स