काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । प्राइम लाइफ इन्स्योरेन्स र बुटवल पावर कम्पनीको आज नेप्सेमा सूचीकृत भएको हो । दुबै कम्पनीको साधारण सभाबाट पारित भएको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको छ ।
प्राइम लाइफको १३% दरका कुल ३६ लाख १३ हजार ५०० कित्ता र बुटवल पावर कम्पनीको ५% दरका कुल १६ लाख २७ हजार ३७८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
सूचीकृत पश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा जम्मा हुनेछ । सेयर खातामा जम्मा भएपछि सेयरधनीहरुले उक्त सेयरबजारमा कारोबार गर्न पाउनेछन् ।