एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयरः १० बराबर ३ कित्ता

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न भएको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गर्नेछ ।

यसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस बैंकका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हकप्रद निष्काशनका लागि बैंकले असोज १ गतेदेखि सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको छ । बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने लागेको हो ।

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिने बताइएको छ ।

यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयर मार्फत कात्तिक १४ गतेसम्म आवेदन दिन पाउनेछन् ।

८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स