आजदेखि साढे ३ करोड कित्ताभन्दा बढी सेयर लिलाम बिक्री खुला

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड अर्थात एचआईडिसीएलले साढे ३ करोड कित्ताभन्दा बढी सेयर लिलाम बिक्री खुला गरेको छ । कम्पनीले उक्त सेयर बढाबढ प्रक्रियामार्फत बिक्री खुला गर्न लागेको हो ।
सो सेयर खरिदका लागि जो कोही इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । आज असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने कम्पनीले जनाएको छ ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहको सेयरमा लगानीकर्ताले न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सर्वसाधारण तर्फ लगानी कर्ताले सेयरमा न्यूनतम १०० कित्ता सेयरका लागि आवेदन सक्ने व्यवस्था गरिएको छ ।

कम्पनीले साउन ५ गतेदेखि भदौ ८ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सेयर लिलामी बिक्री खुला गरेको हो । संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमइ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बिर्तामोड, विराटनगर, जनकपुर, वीरगंज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, नेपालगंज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स