११ ब्रोकर कम्पनीले पाए २० स्थानमा शाखा विस्तारको अनुमति, कुनले कहाँ पाए ?

काठमाडौं । ११ सेयर ब्रोकर कम्पनीले २० स्थानमा शाखा खोल्ने स्वीकृती पाएका छन् । नेपाल धितोपत्र बोर्डले जारी गरेको नयाँ निर्देशिकाले गरेको व्यवस्थाअनुसार उनीहरूले शाखा विस्तारको अनुमति पाएका हुन् ।

बोर्डले फागुन ४ गते ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धि निर्देशिका, २०७९’ कार्यान्वयनमा ल्याएको छ । बोर्डले जारी गरेको निर्देशिका आएको दुई सातामै पूर्वाधार तयार पारेका ब्रोकर कम्पनीहरूले २० स्थानमा शाखा विस्तार गरेको हुन् ।

नयाँ निर्देशिकामा डेढ करोड रुपैयाँ चुक्ता पुँजी भएका कम्पनीले एउटा शाखा विस्तार गर्न अनुमति दिइने उल्लेख गरेको छ । यस्ता कम्पनीले बढीमा १५ दिनभित्रै शाखा विस्तारको प्रक्रिया पुरा गर्ने उल्लेख छ ।

सोही व्यवस्थाअनुसार बोर्डले फागुन १९ गते एउटा ब्रोकरलाई ६ स्थानमा, एउटालाई ३ स्थानमा, २ वटालाई २–२ स्थानमा र ७ वटालाई १–१ स्थानमा शाखा खोल्न अनुमति दिएको हो । पूर्वाधार तयार तथा प्रक्रिया पुरा गरेका ब्रोकरलाई निर्देशिका अनुसार शाखा विस्तारको अनुमति दिइएको बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

‘हामीले निर्देशिका ल्याएर शाखा विस्तार गर्दा हुने झमेलाको अन्त्य गरेका छौं,’ अध्यक्ष हमालले भने, ‘सोहीअनुसार आवेदन दिएको १५ दिन नबित्दै व्यवसायीलाई कारोबार थाल्न सक्ने छन् ।’

यसअघिसम्म ब्रोकरहरूले शाखा कार्यालय खोल्नको लागि बोर्डमा आवेदन दिएर स्वीकृतिका लागि लामो समयसम्म कुर्नु पर्ने हुन्थ्यो । अब ब्रोकर कम्पनीहरूले दिएको निवेदन उपर बोर्डले १५ दिनभित्रै जाँचबुझ गरेर शाखा कार्यालय सञ्चालन गर्न स्वीकृति दिन थालेको हो ।

नयाँ शाखा कार्यालय सञ्चालन गर्नु पूर्व ब्रोकर कम्पनीले बोर्डमा जानकारी गराउँछन् । शाखा खोल्न स्वीकृति दिएपछि पनि बोर्डले आवश्यक ठानेमा ती शाखा निरिक्षण गर्छ । निरिक्षणको क्रममा तोकिएका मापदण्ड पुरा नगरेका, कारोबार गर्न नसक्ने शाखा कार्यालयको स्वीकृति बोर्डले रद्द पनि गर्न सक्ने कानूनी व्यवस्था छ ।

हमालले कम्तिमा डेढ करोड रुपैयाँ चुक्तापुँजी भएको ब्रोकरले एउटा शाखा सजिलै खोल्न पाउने व्यवस्था गरेको दाबी गरे । अर्थात् ४ करोड ५० लाख रुपैयाँ चुक्तापुँजी भएको एउटा ब्रोकरले एउटा मुख्य कार्यालय र ३ वटा शाखा खोल्न पाउँछ ।

यसअघि बोर्डले धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै ब्रोकरको न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ कायम गरेको थियो । उनीहरुलाई यो पुँजी पुर्याउन २०८२ असारसम्मको समय छ ।
२० करोड रुपैयाँ चुक्तापुँजी भएपछि ब्रोकरले १३ वटासम्म शाखा खोल्न सक्नेछन् । तत्कालका लागि शाखा बढाउन चाहने ब्रोकरले भने ६ महिनाभित्र शाखाअनुसारको पुँजी कायम गरिसक्नुपर्छ ।

कुन ब्रोकरले कुन स्थानमा शाखा खोल्ने अनुमति पाए ?

शाखा संख्या ८५ पुग्दै, आधिकारिक प्रतिनिधिको माग
सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीले यसअघि काठमाडौं उपत्यकाबाहिर ६५ शाखा खोल्ने अनुमति पाएका थिए । नयाँ २० शाखा थपिँदा कुल शाखा संख्या ८५ पुग्नेछ । काठमाडौंमा रहेको मुख्य कार्यालयसमेत जोड्दा केही समयभित्रै देशभर १३५ कार्यालयबाट सेयर ब्रोकर सेवा उपलब्ध हुनेछ ।

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाका अनुसार ब्रोकर सेवा देशको सातै प्रदेशमा पुगिसकेको छ । हालसम्म २४ जिल्लाका ३० सहरबाट ब्रोकरेज सुविधा उपलब्ध हुँदै आएको छ ।
सेयर कारोबार पूर्णतः अनलाइन माध्यमबाट हुन थालेपछि पछिल्लो समय भौतिक रुपमा ब्रोकर कार्यालय पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

देशभर करिब १४ लाख व्यक्ति तथा संस्थाले ब्रोकरबाट सेयर कारोबारको सुविधा लिँदै आएका छन् । तीमध्ये अनलाइन कारोबार गर्नेको संख्या करिब ९ लाख छ । ब्रोकर व्यवसायमार्फत् १२ समयभन्दा बढीले रोजगारी पाएका स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको तथ्यांक छ । ५० स्टक ब्रोकरहरुको चुक्तापुँजी ३ अर्ब १३ करोड रुपैयाँ छ ।

धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ लाई संशोधन गर्दै ब्रोकरको न्यूनतम चुक्तापुँजी २० करोड बनाउनु समयसापेक्ष

‘२० करोड रुपैयाँ चुक्तापुँजी नेपाली ब्रोकरको कार्यक्षेत्र र क्षमताभन्दा बढी हो,’ उनले भने, ‘टी प्लस टू’ मा काम गर्न यत्तिको पुँजी आवश्यक छैन ।’

निर्देशिका अनुसार ब्रोकरले मूख्य कार्यालय रहेको जिल्लामा शाखा कार्यालय खोल्ने स्वीकृती पाउने छैनन् ।
त्यस्तै, काठमाडौं उपत्यका बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र उपत्यकामा खोल्न पाइने व्यवस्था गरिएको छ । ब्रोकर कम्पनीले एक पटकमा एउटा मात्र शाखा खोल्नका लागि बोर्डमा निवेदन दिनुपर्नेछ । शाखा कार्यालय खोल्न अनुमति पाएको तीन महिनाभित्र कार्यालय सञ्चालनमा ल्याइसक्नुपर्नेछ ।

धितोपत्रको प्राथमिक बजार देशका सबै जिल्लामा पुगिसकेकाले दोस्रो बजारको पहुँचलाई विस्तार गर्न आवश्यक देखिएकाले नयाँ निर्देशिका लागू गरिएको हो ।

संशोधित धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ र ‘धितोपत्र दलाल व्यवसायीले शाखा खोल्नेसम्बन्धि निर्देशिका, २०७९’ अनुसार ब्रोकरले पुँजीअनुसार शाखा खोल्न पाउनेछन् । ब्रोकर एसोसिएसनका अनुसार हालको चुक्तापुँजीले ब्रोकरलाई २ सय शाखा खोल्न अप्ठेरो पर्नेछैन । बोर्डले कायम गरेको न्यूनतम चुक्तापुँजी (२० करोड रुपैयाँ) अनुसार हरेक ब्रोकलाई १३ वटा शाखा खोल्न सजिलो हुनेछ ।

ब्रोकर कम्पनीका चुक्तापुँजीको अवस्था

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स