भोलिबाट दुई कम्पनीकोे आईपीओ निष्कासन तथा बिक्री खुला, कसको कति ?

काठमाडौं । भोलिबाट दुई कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । मोदी इनर्जी लिमिटेड र माई खोला हाइड्रोपावरले भोलि (फागुन २५)गतेबाट आईपीओ निष्कासन गर्न लागेको हो ।

जसअनुसार, मोदी इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ७२ करोड ५० लाख रुपैयाँबराबर प्रतिसेयर १०० अंकित मूल्यको ७२ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गर्नेछ।

जसमा जारी पुँजीको १० प्रतिशतले हुन आउने २९ लाख कित्ता सेयर पर्वत जिल्लाअन्तर्गत कुश्मा नपा-३, मोदी गापा-५, मोदी नपा-२, मोदी गापा-६ र कुश्मा नपा-८ का बासिन्दाहरुका लागि निष्कासन गरिनेछ।

बाँकी १५ प्रतिशतले हुन आउने ४३ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ८७ हजार कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको र बाँकी ३६ लाख १० हजार ५०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरिने कम्पनीले जनाएको छ।

आयोजना प्रभावित स्थानीयले यो आईपीओमा न्यूनतमा १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि खरिद आवेदन दिन पाउनेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।

स्थानीयले यो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा बिक्री अवधि चैत २४ गतेसम्म लम्बिन सक्छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने यो आईपीओमा चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन्।

त्यस्तै, माई खोला हाइड्रोपावरले जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो ।

साथै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो।

सो सेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन बन्द छिटोमा चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिनु पर्नेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स