काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अन्तिम दिन सम्म २०७.१० गुणाबढी आवेदन परेको छ ।
मंगलबार साँझ ५ः१० बजेसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
जुन सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता सेयरको २०७.१० गुणा बढी हो ।
कम्पनीको आईपीओ माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्तााको दरले सेयर वितरण हुनेछ । जस अनुसार ८ हजार ९५ जनाले मात्रै सेयर पाउनेछन् ।
कम्पनीले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि ८० हजार ९ सय ५० कित्ता सेयर निष्कासन गरेको हो ।
लघुवित्तले लघुवित्तले जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत अर्थात् ९७ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता निष्कासन गरेको हो । जसमध्ये ९ हजार ७ सय कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ भने १ हजार ५ सय कित्ता कर्मचारी र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।
कम्पनीको केन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।