सेयर बजारमा उछाल आउँदै, सबैभन्दा धेरै कमाउने कम्पनी यस्ता छन्

काठमाडौं । लगातार घटिरहेको सेयर बजारमा बुधबार तेहोरो अंकको उछाल अंकको उछाल आएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनहरुलाई बोलाएर नियम विपरित निक्षेपको ब्याजदर घटाउन निर्देशन दिएको थियो । ब्याजदर नघटाए कारबाही गर्ने चेतावनी पनि राष्ट्र बैंकले दिएको थियो ।

बैंकिङ प्रणालीमा लगानीय योग्य रकमको अभाव हुन थालेसँगै बैंक तथा वित्त कम्पनीहरुले असोज १ गतेदेखि लागु हुनेगरी निक्षेपको ब्याजदर बढाउनेगरी प्रतिस्पर्धामा उत्रेका छन् ।

आज नेप्से १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । २ सय १७ कम्पनीको ७२ हजार ७१४ पटक सेयर कारोबार भएको छ । १ करोड २१ लाख २२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब १७ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ ।

प्राइम इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बुधबार १० प्रतिशतले बढेकोे छ । मंगलबार कम्पनीको सेयर प्रति कित्ता १००५ रुपैयाँमा कारोवार भएको थियो भने आज बुधबार ११०५.५० मा पुगेको छ । कम्पनीको सेयर मूल्य १००.५० रुपैयाँले बढेको छ ।

वेष्ट फाईनान्स कम्पनीको सेयर मूल्य बुधबार १० प्रतिशतले बढेको छ । हिजो (मंगलबार) प्रति कित्ता ४५४ रुपैयाँमा कारोवार भएकोमा आज ४९९.४० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ४५.४० रुपैयाँले बढेको हो ।

बुधबार गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाईनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बृद्धि भएको छ । मंगलबार सेयर मूल्य प्रति कित्ता ५२९ रुपैयाँमा कारोवार भएको थियो भने आज (बुधबार) ५८१.९० रुपैयाँमा पुगेको छ । कम्पनीको सेयर मूल्य ५२.९० रुपैयाँले बढेको छ ।

आईसीएफसी फाइनान्स कम्पनीको सेयर मूल्य बुधबार १० प्रतिशतले बृद्धि भएको छ । हिजोको कम्पनीको सेयर मूल्य प्रति कित्ता ७४६ रुपैयाँबाट बढेर ८२०.६० मा पुगेको छ । रुपैयाँ कारोवार भएको छ । कम्पनीको सेयर मूल्य ७४.६० रुपैयाँले बढेको छ ।

कर्पोरेट डेभलेपमेण्ट बैंकको सेयर मूल्य बुधबार १० प्रतिशतले बृद्धि भएको छ । हिजोको कम्पनीको सेयर मूल्य प्रति कित्ता ८७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति कित्ता सेयरको मूल्य बढेर ९६२.५० मा पुगेको छ । आज कम्पनीको प्रति कित्ता सेयर मूल्य ८७.५० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स