हिमालयन डेष्टिलरीसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन पनि सेयरबजारमा गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.३५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ३२ हजारको कित्ता सेयर १ अर्ब ३९ करोड २३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ४४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ५ करोड ४८ लाख, एसियन लाइफ इन्स्योरेन्स प्रमोटर सेयरको ३ करोड ८९ लाख, नबिल बैंकको ३ करोड ४५ लाख र एसियन लाइफ इन्स्योरेन्स २ करोड ७० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स