नेप्सेमा दुई लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार आँधिखोला लघुवित्त वितिय संस्था लिमिटेड, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त र आईसीएफसी फाइनान्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, आँधिखोला लघुवित्तको ३० प्रतिशतले हुन आउने ३ लाख ५७ हजार,फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशतले हुन आउने १८ लाख ३२ हजार ५ सय ३५.५६ र आईसीएफसी फाइनान्सको ५ प्रतिशतले हुन आउने ५ लाख ६३ हजार ५ सय ५८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स