सुपर मादी हाइड्रोपावरको सेयर कारोबार संचालनमा, कुन मूल्यमा सुरु भयो पहिलो कारोबार ?

काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुपर मादी हाइड्रोपावर सेयर कारोबार संचालनमा आएको छ । आइतबार स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको सेयर कारोबार कारोबारमा आएको हो ।

नेप्सेले यो कम्पनीलाई ‘एसएमएचएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि नेप्सले प्रतिकित्ता न्यूनतम ९९.८० रुपैयाँ र अधिकतम २९९.४० रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो। आज प्रि-सेसनमा यो कम्पनीको सेयर प्रतिकित्ता २९९ रुपैयाँमा कारोबार भएको छ।

बिहीबार कम्पनीको १०० अंकित दरका कुल २ करोड १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स